सत्य हरण। Satya haran
-
Writen byराजु अधिकारी
- PublisherKathalaya Inc.
- Year2022
नेपालको एउटा गोप्य पुस्तकालयमा आगलागी भएपछि त्यसको अनुसन्धान गर्दै जाँदा कसरी विदेशीहरूले नेपालको धर्म, संस्कृति र प्राचिन सम्पदामा कब्जा जमाउन के के गरेका छन् भन्ने कुराको उजागर उपन्यासमा गरिएको छ ।
“सत्य हरण सांस्कृतिक विषयको उपन्यास भए पनि, उपन्यासका सारा पात्रहरू वेदका पुराना प्रति संरक्षण र चोरीमा लागिरहेका भए पनि उपन्यासले आधुनिक वैज्ञानिक पक्षलाई महत्त्वसाथ प्रस्तुत गरेको छ । यस रचनाले आइन्सटाइनको सापेक्षतावादको जरोकिलो पूर्वमा खोजी गरेको छ । इमर्सनका चिन्तनको पूर्वीय कोणबाट विश्लेषण गरेको छ । अष्टचिरञ्जीवीको सम्भावनालाई हाइड्रा जातिको जीवसँग तुलना गरेर प्रस्तुत गरेको छ । मानव विकास जलचर, उभयचर र स्थलचर हुँदै भएको पक्षलाई पूर्वीय अवतार दर्शनसँग रहेको बताउँदै नृसिंह, वामन र कल्की अवतारको चर्चा गरेको छ । गीता दर्शन र न्युटनको चाल, क्रिया र प्रतिक्रिया, क्वान्टम थिअरी र शून्यवाद, बुद्ध, यशु, ओशो, साइबाबाको लोकप्रियताको वैज्ञानिक रहस्यको उद्घाटन पनि उपन्यासमा भएको छ । यी पक्षहरूले उपन्यास संस्कृतिप्रेमीलाई मात्र होइन विज्ञानप्रेमीलाई र सम्पूर्ण उपन्यासका पाठकहरूको मन तान्न सक्छ । यो उपन्यास, उपन्यास कलाका पारखीलाई मात्र होइन ज्ञानका पारखीलाई पनि उपयोगी बनेको छ ।” -डा. रमेश शुभेच्छु ।