
हजुरलाई विशेष उपहार / Hajuralai Bishesh Upahar
-
Writen byराजु अधिकारी
- PublisherFineprint Books
- Year2023
नासिएर जाने, हराएर जाने, बिर्सिएर जाने उपहार के उपहार ? उपहार होस् त कालजयी । उपहार त्यस्तो हुनुपर्छ, जो सदा स्मरणीय होस् । उपहार त्यस्तो हुनुपर्छ, जो साँच्चिकै अक्षय होस् । जीवनमा कैयौँ उपहार लिइन्छन् र कैयौं दिइन्छन् । कुनै पनि उपहारको मूल्य त्यसको उपयोगितामा निहित हुन्छ न कि साजसज्जामा |
आदरणीय पाठक महोदय ! यदि तपाईं कसैलाई केही उपहार दिँदै हुनुहुन्छ भने हेक्का रहोस् कि त्यो उपहारभित्र गागरमा सागर, अणुमा विभु र बिन्दुमा सिन्धु होस् । तपाईंले दिएको उपहार खोल्नासाथ उपहार पाउनेलाई करेन्ट झैं लागोस् । हो, यो त्यस्तै करेन्ट लगाउने अक्षरकृति आधारित एक उपहार हो । यो हो हजुरका लागि विशेष उपहार