Shopping Cart
जङ्गे -बुद्दे /Jange-Budde

जङ्गे -बुद्दे /Jange-Budde

वि.सं. १९०३ मा नेपालका नवौ तथा प्रथम राणा प्रधानमन्त्रीका रुपमा नेपालमा उदाएर नेपालको इतिहासमा नै सबैभन्दा बढी समय अर्थात् ३१ वर्ष शासन गरेका जङ्गबहादुरले नेपाल र बृटिस शासित छिमेकी राष्ट्र भारतबीचको सिमाना छुट्याउन र त्यसलाई दिगो राख्न सीमास्तम्भ ठड्‌याउने काम गरे। सीमास्तम्भका रुपमा बनेका ती स्तम्भहरु गौरवसाय आज पनि देशको रखवारी गर्दै खडा रहेका छन् र ती 'जने खम्बा' का नामले चिनिन्छन् । जङ्गबहादुरको आनीबानी, स्वभाव र चरित्र पनि नामअनुसार नै जंगी र शाहसी थियो । यही स्वभावले गर्दा उनलाई धेरैले सम्मान स्वरुप र कसैकसैले उनको कडा मिजास, खरो प्रवृत्तिले गर्दा रुखो पाराले 'जङ्गे' भन्ने गरेका थिए। त्यसैले यस्ताखाले कडा स्वभावका व्यक्तिहरुलाई अहिले पनि जड्ने प्रवृत्तिको भन्ने गरिन्छ । उनैका नामबाट चलेका जंगे पिलर, जंगी अड्डा आदि अनन्त कालसम्म रहने चर्चित सम्पदा हुन् ।

Book Title जङ्गे -बुद्दे /Jange-Budde
Authorबुद्धिनारायण श्रेष्ठ
ISBN9789937731096
Edition LanguageNepali
Published Year2017
PublicationMakalu publication house
Pages422
Category इतिहास