आखिर रोज्ने के ? । Akhir Rojne ke ?
-
Writen byराजु अधिकारी
- PublisherFineprint Books
- Year2020
जीवन र जगत् आफैँभित्र यति सुविस्तृत एवम् गहन हुँदाहुँदै आजको मान्छे विष लागेको माछा जस्तो छट्पटाएको छ। अन्तरजीवनप्रति उसको जीवन अपूर्ण छ। पैसा पैसा , म, मेरो , भोग, सम्भोग यिनै कुरामा रनभुल्ल छ। उसलाई यिनै कुराको रस सत्य लाग्छ। र दुर्भाग्य, सत्य रस उसलाई अर्थहीन लाग्छ।
चौबीसै घण्टा रसरङ्ग र द्रव्यवासनामा निमग्न छ , बिचरा कलियुगी मानिस। बहिर्मुख, बहिर्मुख अनि बहिर्मुख, जीवनभरी बहिर्मुख। यस्तै छै दुनियाको हालचाल। अन्तर्मुख हुन न कसैले सिकायो, न हामीले जान्यौं। कहाबाट परोस त अध्यात्मको चमक र अत्मिकिको झिल्का।
अत्याधुनिक मानिसको यिनै समस्या सम्बोधन गर्ने प्रयास हो - आखिर रोज्ने के ?