Shopping Cart
उज्यालो पर्खेको उज्यालो/Ulyalo parkheko ujyalo

उज्यालो पर्खेको उज्यालो/Ulyalo parkheko ujyalo

यो उज्यालो पर्खेको उज्यालो पुरू आफै हो । बस्ती उज्यालो पार्ने चेतना बोकेर ऊ कवितामा छ, गीतमा छ, गजलमा छ र सबैभन्दा बढी नाटकमा छ । फरक छ हुनका लागि हुनु र हुनुमा । ऊ हुनु हो र ऊ सार्थक, औचित्पूर्ण तथा देख्न, सुन्न र छाम्न सकिने उज्यालो खोजेर माटोको मौलिकता र समयको स्वरमा छ ।
गम्भीर परिवर्तनको उज्यालो ल्याउने गरी आन्दोलनको मझधारमा उभियो ऊ । संकटको त्यो राप खेप्यो र तादीले सपना बगाएका मान्छेरू देखेर ऊ मान्छेकै सपना लेखिरहेछ । लेखिरहेछ, व्यावहारिक र अर्थपूर्ण सपना ।
समाजको बेथिति बिजाएपछि कमलो आँखामा र भत्केपछि मनको ढोका ऊ यस्तो दोभानमा छ, जहाँ छन् अक्षरको आँसु र विद्रोहको आगो तर लेखनको बागवानीमा भने सदैव कोमल छ, हार्दिक छ र विनीत छ ।
आज उज्यालो आफै अँध्यारो उन्मुख छ । समय आफैले पनि समय हिँड्ने उज्यालो खोजेजस्तो लाग्छ । यतिखेर उज्यालो खोज्नुमा अर्थ छ र पुरू पनि त्यही उज्यालो खोज्दै हिँडेको छ, हिँडिरहेको छ,।
डा. नवराज लम्साल