Shopping Cart
ल्याम्पपोस्टबाट खसेको जून | LAMPPOSTBATA KHASEKO JOON

ल्याम्पपोस्टबाट खसेको जून | LAMPPOSTBATA KHASEKO JOON

  • MANU MANJIL
    Writen byMANU MANJIL
  • PublisherFineprint Books
  • Year2011

मनु मन्जिल आफ्नो कविताको सामर्थ्यका कारण राष्ट्रिय रूपमा परिचित कवि हुन् । यिनको पहिचान देशबाहिर पनि फैलिन थालेको छ । व्यापक बन्ने आधार कविको पहिचान र ग्रहणशीलता हुँदा रहेछन् । तर मुख्य आधार कविता नै हो । कोही कवि समयसन्जोग र प्रचारका कारण पनि केही समयका निम्ति परिचित बन्छन् । तर कविको खास पहिचान उसले लेखेका कविताबाट मात्र बन्न सक्छ । मनु मन्जिलका काव्यमा आविष्कार हुन्छ, उक्तिको मौलिक रचना हुन्छ अनि कालिक चेतना हुन्छ । उनका कवितामा याथार्थिक सन्दर्भका सरल विषय र बिम्बको प्रयोग मात्र नभई ध्वनि, भाव, लय, शिल्प एवम् सामयिक चेतनाको बलियो संयोग हुन्छ । त्यसैले मनुका कविता पठनीय छन् ।

अभि सुवेदी

सार्क युवा पुरस्कार-२०११ पाएका मनु मन्जिल सशक्त कवि हुन् । उनको पहिलो कवितासङ्ग्रह आँधीको आवेग (२००४) हो । त्रैमासिक साहित्यिक पत्रिका कोसेढुङ्गाका सम्पादकसमेत रहेका उनले थुप्रै नेपाली कविता अङ्ग्रेजीमा अनुवाद गरेका छन् ।

Book Title ल्याम्पपोस्टबाट खसेको जून | LAMPPOSTBATA KHASEKO JOON
AuthorMANU MANJIL
ISBN9789937665414
Edition LanguageNepali
Published Year2011
PublicationFineprint Books
Pages107
Category कविता