Shopping Cart
सिकाइ र सहयोग / Sikai ra sahayog

सिकाइ र सहयोग / Sikai ra sahayog

बालासिकाइका प्रारुप ( सुनाइ, बोलाइ, पढाइ, लेखाइ) मान्छेमा जीवनभर रहन्छन् । सिकाइकै माध्यमबाट हामीले प्रदर्शन गर्ने ब्यावहार फरक हुन्छ, सामाजिकता र निजित्वमा भिन्नता आउछ। सिकाइको यसै प्रक्रियामा व्यावहारिक सिकाइको अर्को कडी हो सिकाइ र सहयोग
सैद्दान्तिक र व्यावहारिक कसीमा घोटिएको सिकाइ सामाजिक जीवनका हरेक क्षेत्रमा उपयोग हुन्छ । अनुभव र अनुभूतिका माध्यमबाट पोखिएको ज्ञान आफैमा विशिष्ट सिकाइ हो । यसले सोच्ने शैलीसंग अनुभूतिलाई व्यावहारिकतामा ढाल्ने सिप सिकाउछ । शैक्षिक क्षेत्रका वरिष्ट सर्जक खगराज बरालको यस कृतिले दैनन्दिन जीवन बाच्ने निरन्तर पद्दतिमा धीरता र सहज जिउने कला सिकाउछ।

लेखकको यसअघि  सिकाउने शैली सांग्रिला बूक्सद्वारा प्रकाशित छ ।

Book Title सिकाइ र सहयोग / Sikai ra sahayog
Authorखगराज बराल
ISBN9789937734370
Edition LanguageNepali
Published Year2020
PublicationSangrila Books
Pages241
Category शिक्षा सन्दर्भ पुस्तक