Shopping Cart
Niti Darpan | नीति दर्पण

Niti Darpan | नीति दर्पण

पूर्वीय समाजमा विदुर र चाणक्य नीति तथा भर्तृहरिका तीन शतकलाई बहुमूल्य निधिका रूपमा लिइन्छ । वर्षोंको साधना र अनुभवबाट खारिएका यी नीतिहरूले युगयुगदेखि मानिसलाई व्यवहारोपयोगी ज्ञान प्रदान गर्दै आएका छन् ।
हामीले यसमा संस्कृतका मौलिक श्लोकहरूसँगै तिनको अर्थ र सटिक व्याख्यासमेत समावेश गरेका छौँ । यिनले दैनिक घरव्यवहारदेखि सामाजिक संघसंस्था र राज्य सञ्चालनसम्मका लागि मार्गदर्शन प्रदान गर्छन् । इमानदारी र कर्मयोगको ऊर्जा दिन्छन् ।
नैतिक मूल्य-मान्यता र संस्कारको स्खलन भइरहेको वर्तमानमा यी नीतिहरूको महत्त्व अरू बढन गएको छ । नयाँ पुस्तालाई सभ्य, सुसंस्कृत र कर्मयोगी बनाउन चाहने हरेक घरका लागि यो कृति अति आवश्यक छ ।

Book Title Niti Darpan | नीति दर्पण
AuthorTilak Prasad Luitel, Purushottam Sigdel
ISBN9789937712170
Edition LanguageNepali
Published Year2018
PublicationManjari Prakashan
Pages486
Category अनुवादित सामग्री शिक्षा