Shopping Cart
श्री ३ हरुको तथ्य वृतान्त  भाग-एक /Shree 3 Haruko Tathya  Vritanta Part-1

श्री ३ हरुको तथ्य वृतान्त भाग-एक /Shree 3 Haruko Tathya Vritanta Part-1

नेपालको इतिहासको एक महत्त्वपूर्ण कालखण्डको रूपमा रहेको राणाकालका शासनका बारेमा सविस्तार लेखिएको यस पुस्तकका लेखक इतिहासकार पुरुषोत्तमशमशेर जबरा हुन् । यो पुस्तकमा वर्णन गरिएका घटनाहरू इतिहास भन्दा पनि संस्मरणात्मक शैलीमा लेखिएका हुनाले आख्यानका पाठकहरूले पनि रस लिएर पढ्न सक्नेछन् । यो पुस्तक भाग १ र भाग २ गरी २ भागमा रहेको छ । जङ्गबहादुर देखि मोहनशमशेरसम्मका ९ राणा प्रधानमन्त्रीका शासनकालका बारेमा लेखिएको यस पुस्तकका लेखकले जङ्गबहादुरको शासनकालका बारेको विस्तृत ऐतिहासिक लेखोट प्राप्त गरेको, आँफू वीरशमशेरको पनाति रहेको र अन्तिम ३ प्रधानमन्त्रीहरूको शासनकाल स्वयं भोगेको हुँदा समेत यसमा गरिएको वर्णन आधिकारिक बन्न गएको छ । परराष्ट्र मन्त्रालयको अभिलेखमा रहेका त्यो समयका विशेष गरी ब्रिटिश भारतका शासकहरूसितको पत्रहरूका पाठ समावेश हुनाले तथा यथास्थानमा ऐतिहासिक चित्रहरूको विशेष सङ्ग्रह पनि समावेश हुनाले पनि यो पुस्तक अझै संग्रहणीय बनेको छ ।

Book Title श्री ३ हरुको तथ्य वृतान्त भाग-एक /Shree 3 Haruko Tathya Vritanta Part-1
Authorपुरुषोत्तामशेर ज.ब.रा
ISBN9789994619016
Edition LanguageNepali
Published Year2009
PublicationVidhyarthi Pustak Bhandar
Pages380
Category इतिहास