Shopping Cart
सम्झेका र सुनेका कुराहरु। Samjheka Ra Suneka Kuraharu

सम्झेका र सुनेका कुराहरु। Samjheka Ra Suneka Kuraharu

लेखकको नम्र निवेदन

दुई हजार सात साल प्राप्तिको निमित्त गरिएको आन्दोलन र त्यसपश्चात्को नेपाली राजनीतिको सेरोफेरोमा केन्द्रित रहेर मैले लेखमालाको रुपमा यो पुस्तक लेखेको हुँ । पुस्तकले समेटेको समय र घटनाक्रमलाई ऐतिहासिक रुपमा अध्ययन, अनुसन्धान नगरी तत्कालीन समयको सत्ताका खेलाडी र घटनाक्रमसँग रहेको सान्निध्यले निरन्तर स्मृतिमा रहेर नै यो पुस्तकको जन्म भएको हो । मैले त्यतिबेलाको समाजको जानकारीमा आशिक रुपमा आएको वा जानकारीमा नआएको रोचक घटनाहरूलाई पुस्तकमा समावेश गर्ने जमकों गरेको छु । पुस्तकमा समाहित केही लेखहरू मैले पत्रिकामा प्रकाशित गराएको पनि छु ।

म कुनै साहित्यकार र सरस लेखक होइन । इतिहासमा घटेका त्यस्ता घटनाहरू जुन समाज र राष्ट्रको दृष्टिकोणले महत्वपूर्ण रह्यो र त्यस्ता घटनाहरूको दीर्घकालीन असरको रुपमा आजको नेपाली समाज कसरी अगाडि बढिरहेको छ, त्यसको तर्कसङ्गत विवेचना होस् र आगामी दिनहरूको लागि मार्गनिर्देशनको काम गरोस् भन्ने मेरो ध्येय हो ।

यो पुस्तक लेख्नमा उत्साहपूर्वक सहयोग गरिदिने असीम पाण्डेप्रति म आभारी छु साथै पुस्तक प्रकाशनमा सहयोग गर्ने विद्यार्थी पुस्तक प्रकाशनका शान्त गौतमज्यू र प्रकाशनका अन्य सहयोगीहरूप्रति म आभारी छु ।

विनित

पुरुषोत्तमशमशेर ज.ब.रा.

Book Title सम्झेका र सुनेका कुराहरु। Samjheka Ra Suneka Kuraharu
Authorपुरुषोत्तामशेर ज.ब.रा
ISBN999335564
Edition LanguageNepali
Published Year2013
PublicationVidhyarthi Pustak Bhandar
Pages106
Category इतिहास