Shopping Cart
सत्यको खोज / Satyako Khoj

सत्यको खोज / Satyako Khoj

'सत्यको खोज' सत्यमोहन जोशी दाइको विषयमा लेखिएको एकदम राम्रो कृति हो । सत्यमोहन दाइको बारेमा जति भने पनि, जति खोजे पनि, जति प्रशंसा गरे पनि पुग्दैन । अपुग नै हुन्छ । सरलतम स्वभावको । खुलस्त दिलको । सबैलाई समान व्यवहार गर्ने । एकै दृष्टिले व्यवहार गर्ने । अत्यन्तै शालिन व्यक्तित्व सत्यमोहन दाइ । उहाँको कीर्तिमय जीवन जता गयो, उतै कीर्ति । उहाँले लोकगीत, लोककथा, लोकभाका सङ्ग्रह लगायत करीव ६० भन्दा बढी कृति लेख्नु भएको छ । उहाँले नेपालको संस्कृतिका लागि महत्त्वपूर्ण योगदान दिनुभएको छ ।
-तेजेश्वरबाबु ग्वंगः

जितेन्द्र रसिकले पस्कन लागेको पुस्तकमा, वाड्मय शताब्दी पुरुष सत्यमोहन जोशीसँग जोडिएका विविध पक्षहरूसँगै खासगरी न्युजिल्याण्डको गुफा र नेपालको गुफासँग जोडिएका विवरणहरू साहै रोचक तथा घट्लाग्दा छन् । यसले मेरो मन मुटु छोएको छ । मैले बुबाबाट सुन्दै आएका र देख्दै आएका अन्य विषयहरूलाई सरस, आख्नात्मक र कवितात्मक शैलीमा समेटेका छन् । जाँगरिला तथा सदा प्रयत्नशील जितेन्द्र रसिक र आख्यानात्मक शैलीमा कलम चलाउने उनको नौलो प्रयासले रसिकलाई जीवनी लेखन विधामा पनि सफलता हात लाग्ने कुरा सुनिश्चित छ ।
अणुराज जोशी
-(सत्यमोहन जोशीको जेष्ठसुपुत्र)

Book Title सत्यको खोज / Satyako Khoj
Authorजितेन्द्र रसिक
ISBN9789937711876
Edition LanguageNepali
Published Year2023
PublicationEducational Book House
Pages224
Category आत्मकथा नियात्रा