Shopping Cart
संग्रामबहादुर कार्की /Sangramabahadur Karki

संग्रामबहादुर कार्की /Sangramabahadur Karki

यस देशमा दलितको रगतपसिनाले नभिजेको जमिन, दलितमाथि अत्याचार नभएको कुनै व्यवस्था र दलितको बलिदान नभएको कुनै आन्दोलन भेट्टाउन कठिन छ। त्यसरी नै कठिन छ, दलितका भव्य र उच्चतम योगदान र त्यागले भरिएका इतिहास र साहित्यको एक झलक पाउन । दुःखका पर्वत, आँसुका सागर र विद्रोहका अनगिन्ती शृङ्खला दलितले भोगेका छन्, पार गरेका छन् । तर, ती सक्कली र जिउँदा कथा धेरैका लागि साहित्य सिर्जनाका विषय बनेनन् । खगेन्द्र संग्रौलाको 'सङ्ग्रामबहादुर सार्की' यस्ता कथाहरूको सङ्ग्रह हो, जसले दलित जीवनमाथि सामन्त र जमिनदारले गरेको शोषण, दमन र अत्याचारको पराकाष्ठालाई उतारेको छ । जातकै कारण पाइलैपिच्छे घृणा, अपमान र तिरस्कार खेप्न बाध्य पारिएका र त्यस्तो सामन्ती र अत्याचारी व्यवस्थाविरूद्ध निरन्तर विद्रोहरत दलित समुदायको प्रतिरोधलाई कथाकारले आफ्‌नो कथालोकमा समेटेका छन् । यस किताबमा सङ्गृहीत २०२७ देखि २०५५ सालका बीचमा लेखिएका कथाहरूले अत्यन्त मार्मिक भाकामा दलित जीवनको वास्तविकता बोल्छन् । पञ्चायतकालीन समयमा लेखिएका अधिकांश कथाले तत्कालीन समाजको यथार्थ प्रतिविम्बन गर्छन्, जुन अहिलेको वास्तविकताभन्दा केही फरक हुन सक्छ । यस सँगालोले मूलतः पहाडी दलितका जीवन, सङ्घर्ष र विद्रोहलाई समेटेको छ ।

जेबी विश्वकर्मा

Book Title संग्रामबहादुर कार्की /Sangramabahadur Karki
AuthorKhagendra Sangraula
ISBN9789937950053
Edition LanguageNepali
Published Year2023
PublicationBela Publication
Pages160
Category कथा