Shopping Cart
सन्धिकाल/Sandhikaal

सन्धिकाल/Sandhikaal

लोकरञ्जन पराजुली ऐतिहासिक समाजशास्त्री हुन् । जर्मनीको बिलेफेल्ड विश्वविद्यालयबाट समाजशास्त्रमा विद्यावारिधि गरेका पराजुलीको लेखन-सहलेखन, सम्पादन-सहसम्पादनमा दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । नेपालका दुई प्रतिष्ठित जर्नल स्टडिज इन नेपाली हिस्ट्री एन्ड सोसाइटी (सिन्हास) र समाज अध्ययनका उनी सम्पादक हुन् । नेपाली समाज, शिक्षा, इतिहास र राजनीतिबारे उनी गहिरो ज्ञान राख्छन् । नेपालको इतिहासमा वि.सं. २००७ को परिवर्तन ठूलो क्रमभ‌ङ्ग हो । 'रैती'हरूलाई सार्वभौम नागरिकका रूपमा स्वीकार गरियो । बोल्न पढ्न लेख्न-छाप्न तथा संगठित हुन पाइने स्वतन्त्र वातावरणले भुइँ तहसम्म ठूलो उत्साह ल्यायो । सामाजिक संघ-संगठन, मिडिया, स्कूल-कलेज-पुस्तकालय आदि क्षेत्रमा त उथलपुथल नै भयो । त्यस्तो युगान्तकारी परिवर्तनका सामाजिक आधार र आयाम यस पुस्तकमा खोतलिएको छ ।