Shopping Cart
राणाकालिन शिक्षा। Ranakalin Shikshya

राणाकालिन शिक्षा। Ranakalin Shikshya

राणाकालीन शिक्षा– राणा शासनका अवधिमा झाङ्गिएको शिक्षा ‘राणाकालीन शिक्षा’बाट परिचित छ । प्रधानमन्त्री तथा श्री ३ महाराज जङ्गबहादुर राणाले दरबारभित्र सुरु गरेको निजी शिक्षा देशभरि विस्तार हुन सक्यो । तर त्यसका लागि समय लाग्यो– लामो समय । यो अवधिमा शिक्षाका विधि, तौरतरिका र प्रणालीले पनि राम्रैसँग मौलाउने अवसर पाए । मुख्यतः बेलायतका शासकले भारतमा जुन शिक्षाको बीउ रोपे, त्यसको फल नेपालसम्म आइपुग्यो । अब जनतालाई शिक्षाबाट बञ्चित गरिएमा हाम्रा सुखद दिन धेरै रहने छैनन् भन्ने शासकका मुटुमा परिसकेको थियो । राणा शासकले राणा परिवारलाई नै चार भञ्ज्याङ्गभित्र टिकाउनुपर्ने पनि स्वार्थ थियो । घटना क्रमले शिक्षाले हुर्किने अवसर पायो । र, १०४ वर्षको अवधिमा शिक्षाको लामै फेहरिस्त तयार हुनसक्यो । त्यो समयको शिक्षाको कौतुहल र जिज्ञाशालाई यस पुस्तकले मेटाउने प्रयास गरेको छ । सरकारी लिखत नै पुस्तकमा समावेश गरिएकाले हालसम्म नाम तथा मितिमा देखिएका कतिपय त्रुटि अब सच्चिने छ र शिक्षा इतिहासमा नयाँ तथ्य कायम हुनेछ । 

Book Title राणाकालिन शिक्षा। Ranakalin Shikshya
Authorप्रदीप रोदन
ISBN9789937094689
Edition LanguageNepali
Published Year2021
PublicationEdu Sanjal
Pages442
Category शिक्षा