Shopping Cart
राजमाता/Rajmata

राजमाता/Rajmata

नेपालको मानचित्रले आजको आकार लिनुअघि कहि परपरसम्म फैलिनु कहिले खण्डित हुनु र खुम्चि नियति भोग्नुफ्‌यो । विभिन्न कालखण्डमा सरा राज्यको अभ्युदय् भयो । बलियाले कमजोरलाई अपद गर्दै थरीथरी वंशजले शासनको बागडोर हात लिए। कहिदी एकल, कहिले संयुक्त, उंभंय या अर्धराज्यको स्वरुपमा शासन चलाए । ती राज्य विजयं गर्ने राजकुलको नाममा प्रशस्ति अनि उल्लेखनीय घटनाका इतिवृत्त अभिलेखीकरण गरिए । केही नारीले पनि शिलास्तम्भ, ताम्रपत्रमा उत्कीर्ण लेख या ग्रन्थका पुष्पिकावाक्य भएर पति या पुत्रका नामसँगै कुदिने, मुद्रामा अङ्कित हुने अवसर प्राप्त गरे । यदाकदा वंशावनीका हरफमा पनि समेटिए । कालान्तरमा पुरातत्वविद्‌ले छोपिएको ऐतिहासिक दस्तावेजलाई उत्खनन र अनुसन्धान गरे, इतिहासविद्‌का कलमले बडो मिहिनेतसहित किताबमा उतारे तिनै इतिहासका पृष्ठमा समेटिए पनि महत्वका साथ राज्यले नपढाएका, ध्यानपूर्वक नपढिएका केही वीरप्रसूका. सिलसिलाबद्ध कथाको सुन्दर माला हो, राजमाता

Book Title राजमाता/Rajmata
AuthorNilam Karki Niharika
ISBN9789937790988
Edition LanguageEnglish
Published Year2026
PublicationFineprint Books
Category इतिहास