Shopping Cart
मृत्यु उत्सव/Mrityu utsav

मृत्यु उत्सव/Mrityu utsav

मृत्यु र उत्सव फरक हो तर जब मृत्युलाई उत्सवका रूपमा स्वीकार गर्ने कविचेतना प्रकट हुन्छ, त्यहीँनेरको कवित्वमा खास छ । आममानिस भन्दा सोचाइ र सोचाइ प्रवाहको शिल्पमा फरकपन देखापर्छ र त मानिसको भीडबाट कवि अलग्गै चिनिन्छ । कवि सन्तोष सरील समयको यही फेरमा र लेखनको यही छेकोमा टाढैबाट चिनिने रङमा देखिएका छन्।
मृत्यु संवेदना र पुनर्जन्मसँग जोडिने आत्मतत्व, ओमकार, उपल्लो उज्यालो र त्यही उज्यालोमा देखिने अमरता । सन्तोषको उमेर, अनुभव र केही हदसम्म अध्ययनको पाटोभन्दा अलि परैको कुरा हो पनि भन्न सकिएला तर सन्तोषको चेतनाले चिन्तनको यो क्षितिजलाई पनि छोएको छ ।