Shopping Cart
क्वान्टम सिद्धान्त। Kwantam siddhanta

क्वान्टम सिद्धान्त। Kwantam siddhanta

सिलिकन नानो टेक्नोलोजीमा ज्वहारलाल नेहरू विश्वविद्यालय (जे.एन.यु.), भारतबाट विद्यावारिधि हासिल गर्नुभएका प्रा.डा. शोभाकान्त लामिछाने त्रि.वि., पृथ्वीनारायण क्याम्पस, विज्ञान शिक्षा विभागका प्रमुख हुनुहुन्छ । यसका साथै, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञसमेत रहनुभएका लामिछाने, विज्ञान तथा प्रविधि मन्त्रालय, बी.पी. कोइराला मेमोरियल प्लानेटेरियम, अब्जरभेटरी तथा विज्ञान संग्रहालय विकास समितिको पूर्व-कार्यकारी निर्देशक पनि हुनुहुन्छ । अतिशुक्ष्म विज्ञान र प्रविधिमा रुचि राख्नुहुने डा. लामिछाने बिभिन्न संस्थाका अनुसन्धान समितिसँग आवद्ध हुनुहुन्छ । बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठीहरूमा ब्याख्यान दिनुभएका लामिछानेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिभिन्न व्यावसायिक जर्नलहरुमा दर्जनौ सोध निष्कर्षहरु प्रकाशित भएका छन् । प्रशासनिक तथा प्राज्ञिक अनुभव हासिल गर्नुभएका लामिछाने भिन्न-भिन्न संघ संस्थाहरुबाट प्रदान गरिएका बिभिन्न प्राज्ञिक वैज्ञानिक परियोजनाहरु सम्पन्न गरिसक्नुभएको छ । शिक्षा सन्देश, हिमालयन साइन्टिफिक, हिमालयन फिजिक्स जस्ता जर्नलको प्रधान सम्पादकको जिम्मेवारी सम्हाली सक्नुभएका डा. लामिछाने नेपाल प्राज्ञ मञ्च, नेपाल भौतिक विज्ञान समाज जस्ता पेशागत सामाजिक संस्थाको आजीवन सदस्यसमेत हुनुहुन्छ । लोकपाटी मिडिया प्रा.लि. र मार्क्सवादी ज्ञान केन्द्रका सल्लाहकार लामिछानेका करिब आधा दर्जन पुस्तकहरु प्रकाशित छन् ।

Book Title क्वान्टम सिद्धान्त। Kwantam siddhanta
Authorप्रा.डा .शोभाकान्त लामिछाने
ISBN97809363854
Edition LanguageNepali
Published Year2022
PublicationIndigo inc.
Pages274
Category विज्ञान