Shopping Cart
कट्टेल सरको चोटपटक/Kattel sirko chotapatak

कट्टेल सरको चोटपटक/Kattel sirko chotapatak

नेपाली साहित्यिक क्षेत्रका चर्चित लेखक ध्रुवचन्द्र गौतमको यस उपन्यासले गरीबी र भ्रष्टाचारसँग संघर्ष गर्ने शिक्षकको कथा समेटेको छ ।
नेपाली उपन्यास लेखनको यथार्थवादी धारालाई विस्तारित गर्ने श्रेय जान्छ, ध्रुवचन्द्र गौतमलाई । विसंगत समाज, आडम्बरी सम्बन्ध र बेइमान परिवेशलाई आलोचनात्मक यथार्थको दर्पणबाट चित्रित गर्नु गौतमको औपन्यासिक वैशिष्ट्य हो । हासोन्मुख, निकृष्टतम र क्रूरतम जीवन यथार्थलाई उपन्यासमा उद्घाटित गर्न उनले पात्रहरूको दुर्गति उजिल्याउँछन् । नेपाली समाजभित्रको पतनोन्मुख प्रवृत्ति र चरित्रहरूको सामाजिक व्याप्तिलाई औंल्याउन गौतमले 'कट्टेल सरको चोटपटक मार्फत् पञ्चायतकालीन समयमा अत्यन्त निम्छरो जीवन बाँचिरहेका निम्नमध्यम वर्गीय शिक्षकहरूको मनोदशा र दूरावस्थालाई कथानक बनाएका छन् ।

वि.सं. २०३७ सालमा प्रकाशित यस उपन्यासमा आधारित रही 'वासुदेव' फिल्म निर्माण समेत भएको थियो । वि.सं. २०४१ सालमा प्रदर्शनमा आएको उक्त फिल्मले उतिबेलै दर्शकहरूको प्रेम र प्रशंसा बटुलेको थियो ।

Book Title कट्टेल सरको चोटपटक/Kattel sirko chotapatak
Authorध्रुवचन्द्र गौतम
ISBN9789937705332
Edition LanguageNepali
Published Year2019
PublicationPhoenix Books
Pages238
Category उपन्यास