Shopping Cart
चेतनकक्ष/Chetanakaksha

चेतनकक्ष/Chetanakaksha

  • Shakti Nepal
    Writen byShakti Nepal
  • PublisherKalinchowk Pustak Pasal
  • Year2026

मानिसले आत्मसंयम गुमाएकाले अहिले समाज, प्रशासन, शिक्षण, राजनीति सबैतिर विकृति बढिरहेको यथार्थलाई यस उपन्यासमा उनिएको छ । यसका घटनामा प्रश्नहरू जन्मन्छन्, आत्मसम्मान जाग्छ र समाजलाई नयाँ दृष्टिले हेर्ने आँट पलाउंछ । प्रस्तुत उपन्यास नेपाली उपन्यास परम्परामा सामाजिक यथार्थवाद, आत्मचेतना र सांस्कृतिक समन्वयवादको फरक ढङ्गले प्रस्तुति गरिएको महत्त्वपूर्ण कृति बनेको छ । प्रा.डा. हेमनाथ पौड्याल मानव लोकले दिनानुदिन गुमाउँदै गएको आत्मनियन्त्रण र नैतिक मूल्य पुनर्स्थापनाका निम्ति यस उपन्यासले आवाज मुखरित गर्दछ । डा. नीलम कार्की 'निहारिका', साहित्यकार जिन्दगी न देखेजस्तो बिल्कुल छ, न सुनेजस्तो । भागभोगका कथा अरू होलान् । उपन्यासको यस झिल्कोले पाठक, श्रोता एवम् शुभचिन्तक सबैमा समाज सुधारका लागि सकेको योगदान गर्न अवश्य हुटहुट्याउनेछ । नारायण नेपाल, अध्यापक तथा साहित्यकार यस उपन्यासमा बाह्य उतारचढाव र खिचातानीभन्दा माथि उठेर आत्मनियन्त्रण, जातीय सन्तुलन, अध्यात्म र आत्मस्वतन्त्रताको मूल मुद्दालाई उठाइएको छ । जातजातिको सम्बन्ध, धर्म, समभावको संस्कृति, पढाइ, जागिर, सङ्घर्ष र जीवनबोधको मूलप्राप्तिसम्म उपन्यासले सशक्त रूपमा फन्को मारेको छ । डा. नवराज लम्साल, साहित्यकार समाजमा अनेकौं गलत प्रवृत्ति र सामाजिक विकृतिहरू बढ्‌दै गएका छन् । सामाजिक रहनसहन, जीवनशैली र प्राज्ञिक क्षेत्र पनि क्रमशः राजनीतिक अखडामा रूपान्तरित हुँदै गएको यथार्थ यस उपन्यासमा उजागर भएको छ । माधव भुसाल, सञ्चारकर्मी आत्मनियन्त्रण, समाज, राजनीति, प्रेम, प्रकृति, यौनिक धारणा र अध्यात्मको महासङ्गम हो चेतनकक्ष । उपन्यासमा सत्य के हो भन्ने बारे बारम्बार प्रश्न गरी आँखाले देखिने सत्यमाथि प्रश्न गर्न खोजिएको छ । उपन्यास पढ्दा समाजका विकृतिहरू बारम्बार मस्तिष्कमा आउँछन् । उषा आचार्य, उपप्राध्यापक, त्रि.वि. चेतनकक्ष उपन्यासले हरेक व्यक्तिमा चेतनाको अभाव भएको देखाउँछ । चेतना भएमा विकृति र विसङ्गतिको मार खेप्नुपर्दैन भन्ने सार मैले पाएँ । आर.पि. गजुरेल, उपप्राध्यापक, त्रि.वि.

Book Title चेतनकक्ष/Chetanakaksha
AuthorShakti Nepal
ISBN9789937995719
Edition LanguageNepali
Published Year2026
PublicationKalinchowk Pustak Pasal
Category उपन्यास