Shopping Cart
जिजीविषा: क्यान्सरले दिएको नयाँ जीवन

जिजीविषा: क्यान्सरले दिएको नयाँ जीवन

क्यान्सरविरुद्ध मनीषा कोइरालाको शक्तिशाली, हृदयस्पर्शी एवम् निजात्मक सङ्घर्षको कथा हो, जिजीविषा । अमेरिकामा गरेको उपचारपछि घर फर्किएर उनले आफ्नो जीवनमा कसरी फेरि ऊर्जा भरिन् र थुप्रै डर एवम् सङ्घर्षका पहाड छेडेर उनी कसरी विजयी बनिन् भन्ने विषयलाई पुस्तकमा सुललित किसिमले प्रस्तुत गरिएको छ ।
आफू क्यान्सरमुक्त भएको छ वर्ष पूरा गरेसँगै उनले आशङ्का, निराशा र अनिश्चितताद्वारा निर्देशित आफ्नो पीडादायी कथा र त्यस क्रमका महत्त्वपूर्ण सिकाइलाई यहाँ मार्मिक रूपमा समेटेकी छन् । पुस्तकमा उनले हामीलाई क्यान्सर लागेपछि कसरी अघि बढ्ने र यसको डरबाट नतर्सिई कसरी विजयी बन्ने भन्ने मात्र सिकाएकी छैनन्, मानिसलाई एउटा पूर्ण मानव बन्ने प्रेरणा पनि दिएकी छन् ।

Book Title जिजीविषा: क्यान्सरले दिएको नयाँ जीवन
Authorमनीषा कोइराला
ISBN9789937665766
Edition LanguageNepali
Published Year2018
PublicationFineprint Books
Pages187
Category अनुदित सामग्री संस्मरण