
Hitler ra Yahudee | हिटलर र यहुदी
-
Writen byविश्वेश्वर प्रसाद कोइराला
- PublisherLipi Books
- Year2016
...त्यसो त युद्धले नडामेका किशोर र किशोरी पनि छन् । युद्धमा केटाकेटी थिए र अहिले हठात् किशोर हुन पुगेका छन् । युद्धले अरू कुरा केही गर्न नसके पनि शरीर समयभन्दा पहिले नै तयार पारिदिएको छ र शरीरको भोक पनि । जान्दैनन् अरू कुरा, सिक्न पाएनन् । आमाबाबु, दाजुभाइले भरिएको परिवारमा हुर्किन पाएनन् । त्यसैले होला किशोरी छन् त्यस्ता बढी, किशोर त बालकैमा यही ठाउँमा नै अनगिन्ती मारिए, लडाइँको अन्तिम दिनताका ।"