एक सर्को माया/ek sarko maya
-
Writen byG.S. Paudel - PublisherBulBul Publication
- Year2017
मैले पढेका कैयौ उपन्यासहरुमध्ये यो निकै अनौठो र मानसिक दबाब दिन सफल मानेको छु । सबैभन्दा मूख्य कुरा त यस उपन्यासले खडा गरेको भ्रमको जुन संसार छ त्यो नै कहालीलाग्दो छ । प्रश्नै प्रश्न उब्जिन्छन् । के साँच्चै मानिस त्यस्तो अवस्थामा पनि पुग्न सक्छ ? के मानिस सचेत हुँदा हुँदै पनि यस्तो डर लाग्दो भ्रममा पर्न सक्छ, के हामी पनि थाहै नपाई कैयौ यस्ता भ्रमहरुमा त छैनौ ?
संजीव उप्रेतीको घनचक्कर पढ्दा पनि मलाई यति सारो तनाव भएको थिएन । त्यस उपन्यासले त भ्रममै भए पनि देश, समाज, इतिहास, शिक्षा आदि कैयौं कुराहरुलाई वृहत्तर रूपमा सम्बोधन गरेको थियो । तैपनि त्यो उपन्यास वास्तवमै घनचक्कर नै छ । नेपाली उपन्यास विधाभित्र घनचक्कर सधैं एक फरक उपन्यास हो र त्यसलाई अनेकौ कोणबाट पढ्नुपर्ने हुन्छ । तर यो उपन्यासले पागलपनको अर्को अनौठो पाटोलाई सम्बोधन गरेको छ । अन्य भाषामा यसप्रकारका कस्ता किताब होलान् मलाई थाहा छैन । तर नेपाली भाषामा सायद यो विषयमा लेखिएको पछिल्लो किताब यही हुनसक्ला कि !
कृष्ण धराबासी
यो पुस्तक पढ्दै गर्दा लेखकको बेजोड कल्पनाशक्तिले यति ठूलो भूकम्प ल्याउँछ कि पाठकको मष्तिस्क हल्लाइदिन्छ । उपन्यासका धेरै घुम्तीहरूले मेरा मनका संवेगहरुलाई उथलपुथल पारेका छन् । प्रायः उपन्यासहरुमा 'त्यसपछि के हुन्छ' भन्ने अगाडि नै गेस गरेर टाइम पासका लागि मात्रै पुस्तक पढ्ने बानी भएकाहरुका लागि यो पुस्तक पट्यारलाग्दो पनि हुन सक्छ । त्यसैले "एक सर्को माया' पढ्न धैर्यवान् पाठकले मात्रै सक्छ ।



