Shopping Cart
देवकोटा महाकाव्य (शाकुन्तल, सुलोचना, महाराणा प्रताप , वनकुसुम , प्रमिथ,पृथ्वीराज चौहान) / Devkota Mahavya

देवकोटा महाकाव्य (शाकुन्तल, सुलोचना, महाराणा प्रताप , वनकुसुम , प्रमिथ,पृथ्वीराज चौहान) / Devkota Mahavya

आफैलाई चिनाउने, रस दिने, प्राचीन सम्झाउने । मीता व्यञ्जन ल्याउने, धन हुने, संसार ब्यूँझाउने ॥ चिन्ता दूर भगाउने, समय नै स्वर्णाभ फर्काउने । ज्ञानीले पनि गाउने प्रियकथा आनन्द वर्षाउने ॥
-शाकुन्तल

जहाँ साँझ उषा धेरै बेरसम्मन् बसीकन । हिउँका टाकुराबाट सुनौला विश्व हेर्दछन् । बाटुला तीन घेरामा खात खात झिलीमिली । पाटा पाटा झझल्केका घघप्केका बली सुन ॥
-सुलोचना

सानो बाद-खण्ड हैं गगनमा यो जिन्दगी बन्दछ कालो एक कलङ्क बन्छ जसले पानी दिनै बन्द छ । जो कर्तव्य छ वर्षिनै जलदको सो बर्षिदा बन्दछ मिथ्यातर्फ नगर्जिने न बिजुली बल्ने सधैं अन्ध छ ।
-महाराणा प्रताप

यो मनुष्य जुनि सुन्दर सार पाइने छ र कहाँ पछि क्यार ? जो न जान्दछ विलास स्वकीय जन्तु हो जगत्मा रमणीय ॥
-वनकुसुम

एक महापुरूष त्यस्तो हो एउटा मानवताको प्रतिमा । एउटा मानव इतिहास । ऊ पनि एक ब्रहृमा हो प्रतीचीको । एक महापुरूष, एक मानवदास ।
-प्रमिथस

आकृतिहरू तरल हुन्छन्, मृत्युको डरले कुसुम रुन्छन्, गरुँलालाई निराशले छुन्छन्, गुँडका माउ उडेर बन्छन्, एकला बचेरा ।
-पृथ्वीराज चौहान

Book Title देवकोटा महाकाव्य (शाकुन्तल, सुलोचना, महाराणा प्रताप , वनकुसुम , प्रमिथ,पृथ्वीराज चौहान) / Devkota Mahavya
Authorलक्ष्मीप्रसाद देवकोटा
ISBN9789937692526
Edition LanguageNepali
Published Year2023
PublicationSwadesh Prakashan
Pages1237
Category कविता