
डबली / Dabali
-
Writen byराजेश्वर देवकोटा
- PublisherLipi Books
- Year2024
पवन "नारीहरूमा जुन ऐश्वर्य भरिएको छ, त्यो स्वयम् नारीहरू थाहा पाउन्नन्, नरले मात्र देख्छ ।"
उर्वी- "पुरुषहरूमा पनि यो समान रूपले घटित हुन्छ कि ? तिम्रो पहिलो दर्शनमा नै मलाई जति आकर्षक र प्रतिभावान् तिमी लाग्यौ, त्यही नै मेरो मानसपटलमा उज्ज्वलित हुँदै गयो ।"
पवन- "तिमीले भनेको साँचो होला, नारीको विषयमा पुरुषको अध्ययन सृष्टिको आदिदेखि भइरहेको छ, टुङ्गिएकै छैन र टुङ्गिदैन पनि, टुङ्गिएका दिन त नारी शिला भइजानेछ । पुरुष अलिकति कुटिल छ, नारी धेरै जटिल छ । पुरुषलाई बुझ्न जति सजिलो छ, नारीलाई त्यति नै कठिन, त्यस प्रकृतिमा तिमी अपवाद बन्न चाहन्नौ होला !"