याज्ञवल्क्य /Yagyawalkya
-
Writen byKrishna Prasad Koirala - PublisherBook Hill
- Year2026
महामनीषी दिगन्तविख्यातकीर्ति याज्ञवल्क्यले प्रतिपादन गरेका 'नेति नेति', 'पूर्णमदः पूर्णमिदं', 'असतो मा सद्गमय' आदि कालजयी सिद्धान्त र मन्त्रको रूपमा स्थापित भएका छन् | उनको जीवनशैलीसँग जोडिएका प्राचीनताको ज्योति औपनिषद् एवं पौराणिक जल्दाबल्दा महापुरुष र महानारीहरूको जीवनका प्रेरणादायी घटनाहरूका साथै संवादका गहकिला प्रसङ्गले यो उपन्यास रसिलो, ज्ञानवर्धक र प्रेरणादायी भएको छ ।
यस उपन्यासमा अध्यात्मोज्वल पारिवारिक जीवनको झिल्का देखाएर लेखकले रमणीय पारिवारिक जीवनपथ निर्माणको मार्ग प्रस्तुत गरेका छन् ।
याज्ञवल्क्यकी पत्नी ब्रह्मवादिनी मैत्रेयीको ब्रह्मचिन्तनपूर्वक महासमाधि, परिवारको पालन-पोषण र रेखदेखको अभिभारा वहन गरेकी साध्वी कात्यायनीको गृहस्थ धर्मको दिव्य छायाछवि प्रस्तुत गरी प्राचीन गृहस्थ-धर्म परिपालनपथको अनुसरण गर्न अभिप्रेरित गरेका छन् ।
उपनिषद्-साहित्य. पुराण-साहित्य र आह्निक-साहित्यको गहन मनन गरी लेखिएको यो उपन्यास साँच्चिकै पठनीय र प्रशंसनीय छ ।



