कम्युनिस्ट कसरी बन्न सकिन्छ ?/ Camunist Kasari Banna Sakinchha ?
-
Writen byरमेश सुनुवार /राजकुमार श्रेष्ठ
- PublisherIndigo inc.
- Year2021
वास्तवमा कम्युनिस्ट बन्ने विधि प्रकृति, समाज र चिन्तनको क्षेत्रमा मानव जातिले आजसम्म आर्जन गरेको उत्कृष्ट ज्ञानबाट आफ्नो दिमागलाई सुसम्पन्न बनाउनु हो ।
संसारको सबै ज्ञान प्राप्त गर्नको लागि सम्पूर्ण संसारलाई तीन भागमा विभाजन गरिएको छ- प्रकृति, समाज र चिन्तन । यी तीन भागहरूको अध्ययन गर्नको लागि अलग-अलग शास्त्रहरूको सृजना गरिएको छ । तिनीहरू हुन्- विज्ञान, इतिहास र दर्शन । प्रकृतिको अध्ययन गर्ने शास्त्र विज्ञान हो, समाजको अध्ययन गर्ने शास्त्र इतिहास हो र चिन्तनको अध्ययन गर्ने शास्त्र दर्शन हो । त्यसकारण प्रकृति, समाज र चिन्तनको ज्ञान प्राप्त गर्नको लागि विज्ञान, इतिहास र दर्शनको अध्ययन गर्नु आवश्यक छ ।