Shopping Cart
अर्थ राजनीतिक विसंगति | Artha Rajnitik Bisangati

अर्थ राजनीतिक विसंगति | Artha Rajnitik Bisangati

नेपालको अर्थराजनीति बुझ्न देवेन्द्रराज पाण्डेका विचार आत्मसात् नगरी सुखै छैन । निरन्तर अविकासको पासोमा फसिरहेको नेपालको विकासको कथा छिचोल्न र पर्गेल्न पाण्डेका पारखी आँखा माहिर छन् । यी आँखा इतिहासका आँखीझ्याल मात्र होइनन्, आलोचनात्मक चिन्तनका चहक पनि हुन् ।
पुस्तक २०४० को दशकमा प्रकाशित उनका लेख र अन्तर्वार्ताको सँगालो हो । पञ्चायतकालमै अर्थसचिवको भूमिका सम्हालिसकेका र २०४६ को जनआन्दोलनपछि बनेको कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्री भइसकेका पाण्डेका अर्थराजनीतिक चिन्तन त्यो समयका साक्षी हुन् नै, आलोचनात्मक र रचनात्मक चेतका ज्योति पनि हुन् । करिब चार दशक बित्न लाग्दासमेत लोकतन्त्र र विकासका आधारभूत सवाल आज पनि उस्तै छन् । राजनीतिक परिस्थिति अवश्य बदलिएको छ । पञ्चायतकालमा प्रतिबन्धमा समेत परेको यो पुस्तकले त्यति बेला उठाएका आर्थिक, सामाजिक र राजनीतिक सवाल अझै उत्तिकै सान्दर्भिक र ताजा छन् ।
समयसमयमा उर्लिने जनविद्रोह र त्यसपछि आउने निराशाको लहर अहिले पनि उस्तै छ । त्यसबाट निस्केर सोच्न र अघि बढ्न पाण्डेका विचार आज पनि उत्तिकै सहयोगी छन् । उनको यस्तै लेख र अन्तर्वार्ताको अर्को सँगालो नेपाली अर्थराजनीति : चुनौती र विकल्प प्रकाशित छ। पाण्डेको नयाँ कृति एक ज्यान, दुई जुनी पनि फाइनप्रिन्टबाट भर्खरै प्रकाशन भएको छ ।

Book Title अर्थ राजनीतिक विसंगति | Artha Rajnitik Bisangati
AuthorDevendra Raj Panday
ISBN9789937746076
Edition LanguageNepali
Published Year2021
PublicationFineprint Books
Pages154
Category गैरआख्यान राजनीति