Shopping Cart
Baalaapan Jeevanko | बालापन जीवनको

Baalaapan Jeevanko | बालापन जीवनको

पौराणिक कथाले भन्छ- अभिमन्युले सुभद्राको गर्भमै हतियार चलाउन सिकेका थिए । झन्डै उस्तै रहेछ चर्चित जनगायक रामेशको अबोध बालमन । सामाजिक चेतनामा प्रवेशपूर्व नै शिशु रामका औला आफूभन्दा अग्लो तबलामा तालबद्ध रहन्थे । तोते बोलीमै गीतको लय र सङ्गीतको सुर समातेका रामेशको बालापन गीतसङ्गीतसँग झङ्कृत भइसकेको थियो ।

राल्फा आन्दोलनका अथक यात्री रामेश जीवनका ७५ वसन्तसँगै सक्रिय सङ्गीत/गायनमै केन्द्रित छन् । नेपाली जनमनमा सामाजिक चेतना विस्तार र शिष्ट समाज निर्माणमा उनको निरन्तर योगदान सबैका लागि प्रेरणा र प्रोत्साहनको स्रोत बनेको छ ।

रामेशको बाल्यकालीन संस्मरण बालापन जीवनको तत्कालीन नेपाली सामाजिक परिवेशको चित्रण होइन, वर्तमानसँगको तुलनात्मक अध्ययन हो । यसमा राणाकालदेखिको इतिहास पाइन्छ, नेपाली राजनीतिको उतारचढाव भेटिन्छ, सामाजिक स्वरूप र संरचनाका झाँकीहरू पढिन्छ र बालजिज्ञासा एवं क्रियाकलापमा ठूलाहरूको भूमिका र कर्तव्य खोजिन्छ । यहाँ रामेश एक्ला छैनन्, बालसखासँग घुम्छन्, ठूलाहरूसँग सहकार्य गर्छन्, पाल्पादेखि डोटी हुँदै पूर्वी नेपालको यात्रामा निस्कन्छन्, पद्धतिको जिज्ञासा शान्त पार्न परिवेशसँग रमाउँछन् र वर्तमान यथार्थसँग तुलना गर्छन्- शैक्षिक प्रगति र विकासको स्तरमा अगि बढिएको भनिएका हामी कहाँ छौ, उहिले र अहिलेको समाज, राजनीति र क्रियाकलापको भिन्नता के ?

Book Title Baalaapan Jeevanko | बालापन जीवनको
Authorरामेश श्रेष्ठ
ISBN9789937705295
Edition LanguageNepali
Published Year2019
PublicationPhoenix Books
Pages257
Category आत्मकथा संस्मरण