Shopping Cart
शी भिक्टोरियाकालीन बेलायतको रोमान्चकारी इतिहास / Shi

शी भिक्टोरियाकालीन बेलायतको रोमान्चकारी इतिहास / Shi

हेन्री राइडर ह्यागर्डद्वारा लिखित उपन्यास 'शी [SHE] (भिक्टोरियाकालीन बेलायतको रोमाञ्चकारी इतिहास) रहस्य, रोमाञ्च, स्वैरकल्पना र गोथिक तत्त्वले संरचित एउटा विश्वविख्यात कृति हो । सन् १८८७ मा पहिलो पटक प्रकाशित हुँदा बेलायतका पाठकहरूमाझ 'शी'को चर्चा र प्रशंसाले कति ठूलो हल्लीखल्ली मच्चिएको थियो- त्यसको अनुमान तीन साताभित्रै ३५००० प्रति बेचिएर यसले कायम गरेको कीर्तिमानबाट सहजै अनुमान लगाउन सकिन्छ । उपन्यास 'शींमा महारानी भिक्टोरियाकालीन बेलायतको आभिजात्य, विरासत, संस्कार र जातीय शुद्धतावादी परम्पराको गहिरो प्रभाव अ‌ङ्कित छ भनिन्छ ।

'शी'को नेपालीमा अनुवाद आजभन्दा ८०-८५ वर्षअघि प्रसिद्ध कथाकार-भाषाविद् मे. क. पुष्कर शमशेर ज. ब. राणाले गरेका थिए र प्रकाशन वि.सं. १९९८ मा 'नेपाली भाषानुवादपरिषद्‌बाट भएको थियो । लगभग नब्बे-सय वर्षअघिको नेपाली भाषा, व्याकरण अनि भाषिक व्यवहारको बान्की र स्वरूपलाई बुझ्न साथै नेपालीमा कृति-अनुवादको आरम्भिक प्रयास र पदचापबारे थाहा पाउन लामो समयसम्म अप्राप्य रहेको प्रस्तुत पुस्तक अनमोल ठहर्नेमा विश्वस्त हुन सकिन्छ ।

Book Title शी भिक्टोरियाकालीन बेलायतको रोमान्चकारी इतिहास / Shi
Authorहेनरी राइडर ह्यागर्ड / Henrry Rider Hyaangard
ISBN9789937711555
Edition LanguageNepali
Published Year1943
PublicationEducational Book House
Pages351
Category उपन्यास