Shopping Cart
साहसी केटो / Sahasi Keto

साहसी केटो / Sahasi Keto

प्रिय भाइबहिनीहरू सन्चै हुनुहुन्छ ?

आज हामी एउटा उपहार लिएर तपाईंहरूलाई भेट्न आएका छौं । हुन त यो एउटा किताबको कुरा हो । यो किताब एउटा अनौठो केटाको कथा हो । किन अनौठो ? हेर्नुस् है त ।

कोही मान्छे सर्प र बिच्छी जस्ता खतरनाक जीव लिएर खाना खाने टेबलमा जान्छ होला त ? मुसा पाल्ने पनि स्कुल हुन्छ त ? अनि आठवर्षे केटो सडक कालोपत्र गर्ने रोलरको चालक हुनुपर्ने अरे । यति सानो केटोलाई पनि सर्कसमा देखेकी केटी नभेटी नहुने अरे । आमाको जासुसी गर्न दूरबिन पनि चाहिने अरे । यो केटोले यस्तै यस्तै उटुंग्याइँ गर्छ र पो अनौठो भनेको त । हो, यो किताब यही केटोले गरेका अनौठा अनौठा कामहरूको कथा हो ।

आउनुहोस् हामीभन्दा धेरै टाढा रहेको देश रूसका मानिस कस्ता हुँदा रहेछन् ? यो पनि जानिराखौं है ।

Book Title साहसी केटो / Sahasi Keto
AuthorVictor Dragunsky / Tanslate:Purna P. Rai
ISBN9789937148610
Edition LanguageNepali
Published Year2024
PublicationSunbarshi Book House
Pages237
Category किशोर साहित्य