Shopping Cart
Nepal dekhi America samma | नेपाल देखि अमेरिकासम्म

Nepal dekhi America samma | नेपाल देखि अमेरिकासम्म

कुनै वेलाको चर्चित उपन्यास हो यो । तीसको दशकको त्रिभुवन विश्वविद्यालयको परिवेशमा आधारित यस उपन्यासले तत्कालीन विद्यार्थीहरूको मनोविज्ञान, शैक्षिक क्षेत्रका विकृति र राज्यसंयन्त्रको निरङ्कुशताका बारेमा निकै मीठोसँग चिरफार गरेको छ ।

उपन्यासमा प्रजातन्त्र र देशप्रेम प्रष्टसँग प्रकट भएको छ । निरङ्कुशता र विकृतिका कारकहरूमाथि उपन्यासकार निकै कठोर रूपले प्रस्तुत भएका छन् ।

यसका पात्र सजीव छन् । पढ्दै जाँदा कतिपय पात्र त पाठकका सामुन्नेमै उभिन आइपुग्छन् । उपन्यासकार शर्माको झर्रो र लालित्यपूर्ण भाषाले उपन्यासलाई जीवन्त बनाएको छ।

Book Title Nepal dekhi America samma | नेपाल देखि अमेरिकासम्म
AuthorTaranath Sharma
ISBN9789937712309
Edition LanguageNepali
Published Year1992
PublicationManjari Prakashan
Pages352
Category उपन्यास