Shopping Cart
Lagan | लगन

Lagan | लगन

नेपाली साहित्य फौटको उपन्यास विधामा 'लगन'को विशिष्ट स्थान छ । सन् १९४८ मा लेखिएको यो उपन्यास स्रष्टा रसिकको देहान्तपछि सन् १९५५ मा प्रथमपल्ट छापिएको थियो ।

केही वर्षअधिसम्म विश्वविद्यालयहरूका पाठ्यक्रममा समेत रहेको यो उपन्यासका बारेमा दिग्गज समालोचकहरू सूर्यविक्रम ज्ञवाली, ईश्वर बराल, इन्द्रबहादुर राई, डा. तारानाथ शर्मा, डा. लक्ष्मणप्रसाद गौतम आदिले आ-आफ्‌ना समालोचकीय कृतिहरूमा प्रशस्तै प्रशंसागर्नुभएको छ ।
गुजाराको खोजीमा प्रवासिन विवश नेपालीभाषीहरूको जनजीवनका बारेमा लेखिएको यो उपन्यास ऐतिहासिक दस्तावेज पनि हो । जातीय छुवाछुत र वर्गीय विभेदविरूद्धको लेखकको चेत साँच्चै स्तुत्य छ । यसलाई प्रगतिवादी धारको पहिलो नेपाली उपन्यास पनि मान्ने गरिन्छ ।

Book Title Lagan | लगन
AuthorAchha Rai 'Rasik'
ISBN9789937712248
Edition LanguageNepali
Published Year2018
PublicationManjari Prakashan
Pages276
Category उपन्यास