Shopping Cart
जियरा / jiyara

जियरा / jiyara

मधेसको पृष्ठभूमिमा लेखिएका लामा कथाहरूको सङ्ग्रह हो, जियरा । यस पुस्तकमा लेखक नयनराज पाण्डेले आफ्नै पूर्ववर्ती लेखन पद्धति भत्काउँदै कथावाचनको पृथक् र प्रयोगमूलक शिल्प अनि शैलीसित हामीलाई परिचित गराउँछन् । मुख्य कथाभित्र विभिन्न उपकथा बुन्ने बेजोड कलासँग साक्षात्कार गराउँछन् ।

लेखकले आफ्ना पात्रलाई दुःखका रुन्चे गाथा सुनाउने चरित्रमा सीमित पारेका छैनन्, तिनलाई 'एजेन्सी' दिएका छन्, हुर्कदै गरेको प्रतिरोधी चेतनाको पुट भरिदिएका छन् । पुस्तक पढिरहँदा लाग्छ, लेखक समकालीन समयसँग झगडा गर्न चाहन्छन् ।

जादुयी यथार्थवादी कथाहरूको मानक बनेर आएको यो सङ्ग्रह पूँजीवाद, भ्रष्ट राजनीति र राजनीतिक संस्थापन, लोभ अनि पितृसत्ताको बलियो आलोचना हो ।

Book Title जियरा / jiyara
Authorनयनराज पाण्डे
ISBN9789937746892
Edition LanguageNepali
Published Year2021
PublicationFineprint Books
Pages271
Category आख्यान