Shopping Cart
गीत सिद्धान्त र इतिहास। Geet Siddhanta Ra Itihas

गीत सिद्धान्त र इतिहास। Geet Siddhanta Ra Itihas

गीत : सिद्धान्त र इतिहास कृष्णहरि बरालको नौलो र स्तरीय कृति हो- नेपाली गीत, सङ्गीतपरम्पराको एक घतलाग्दो विशद व्याख्यात्मक इतिहास-तीन सय छयालीस पृष्ठमा लेखिएको । इतिहास तीन चरणमा वर्गीकृत छ। गीत, गजल र अन्य स्वभाव, चरित्र र रङका गेयात्मक रचनाहरूको समीक्षात्मक प्रस्तुति पाइन्छ यो विराटकाय ग्रन्थभित्र । बराल आफै राम्रा कवि, गजलकार, गीतकार र समीक्षक भएका हुनाले उनको कृतिमा बढी इमानदारिता र निकटता छ आफूले चुनेको विषयप्रति । गीतको सिद्धान्तका साथै मोतीराम भट्टभन्दा पहिले र मोतीराम भट्टपछिका सबै गीतकार तथा गजलकारहरूलाई समाहित गर्ने प्रयास गरेका छन् बरालले आफ्नो सीमाभित्र । पुस्तकको यो आकार बरालको आकार र आयतनप्रेमको परिणति होइन, उनको विषयवस्तुको मागको नतिजा हो।

Book Title गीत सिद्धान्त र इतिहास। Geet Siddhanta Ra Itihas
Authorप्रा.डा. कृष्णहरि बराल
ISBN9789937770378
Edition LanguageNepali
Published Year2004
PublicationVidhyarthi Pustak Bhandar
Pages518
Category गीत मिडिया सन्दर्भ पुस्तक