Shopping Cart
दिवास्वप्न | Diwaswopna

दिवास्वप्न | Diwaswopna

शिक्षा-चिन्तक गिरिजाशङ्कर भगवानजी बधेका अर्थात् गिजुभाईले आफ्नो छोटो जिन्दगीमा गरेका बाल-शिक्षणसम्बन्धी सार्थक चिन्तन, प्रयोग र अनुभवहरूको सारसङ्क्षेप हो― दिवास्वप्न। आफूभित्र सुषुप्त अवस्थामा रहेको बालबालिकाप्रतिको मोहले बालशिक्षाको क्षेत्रमा धकेलेपछि गिजुभाई हाईस्कूलको जिम्मेवारी छाडेर बालमन्दिर खोल्ने, बाल-शिक्षण विधिका किताब लेख्ने, प्रवचन दिने र शिक्षक तालिम सञ्चालन गर्ने अभियानमा होमिन्छन्। आफ्नो चिन्तनलाई व्यवहारमा उतार्न आफैं अग्रसर हुनु, उदाहरण बन्नु र खट्नु उनको विशेषता थियो। पुस्तकको विषयवस्तु आठ दशकअघिको गुजरातको एउटा सानो नगरबस्तीको शैक्षिक परिवेशमा आधारित छ। बालसाहित्य, बाल-शिक्षण, बाल-मनोविज्ञान आदि विधामा १५० भन्दा बढी पुस्तक लेखिसकेका गिजुभाई सुस्त गतिमा काम गर्ने मानिस देख्दा दिक्क हुन्छन्। उनी घोक्ने-घोकाउने विधिलाई विस्थापित गर्न नयाँ शिक्षण विधिको प्रचारसँगै शिक्षक, अभिभावक र शिक्षा-प्रशासकहरूलाई प्रशिक्षित गर्नु जरुरी ठान्छन्। परम्परागत शिक्षण विधि, बालबालिकाप्रति अभिभावक, शिक्षक र स्कूलबाट हुने (दुर्)व्यवहार, परीक्षा पद्धति, पढाइको परिभाषा र उद्देश्यप्रति तीव्र विद्रोह प्रकट भएको किताबमा सँगसँगै नयाँ विधि, व्यवहार र पद्धतिको व्याख्या र प्रयोग गरिएको छ।

Book Title दिवास्वप्न | Diwaswopna
Authorगिजुभाई
ISBN9789937241823
Edition LanguageNepali
Published Year2011
PublicationShikshak Masik
Pages123
Category उपन्यास शिक्षा