Shopping Cart
विकेन्द्रीकरण र विकास | Bikendrikaran ra Bikas

विकेन्द्रीकरण र विकास | Bikendrikaran ra Bikas

टोनी हागन स्वीस विकास सहायताका सच्चा प्रवर्तक भनेर चिनिन्छन् ।

विकास अभ्यासकर्ताका रूपमा उनले नेपाल र अन्य मुलुकमा रहेर काम गर्दाको उनको अनुभव यस पुस्तकमा समेटिएको छ । उनका पुस्ताका धेरै विशेषज्ञहरूले विकास लाई मूलत प्राविधिक प्रक्रियाका रूपमा बुझेका थिए ।

तर हागनको अवधारणामा विकाससित राजनीतिक संस्थाहरू अविच्छिन्न तवरले

जोडिएका छन् ।

यस पुस्तकमा हागनले विकास प्रक्रिया र प्रजातान्त्रिक सङ्क्रमणबारे आफ्ना गहन दृष्टि र विचारहरू प्रस्तुत गरेका छन् जो आजको परिप्रेक्ष्यमा नेपाल जस्ता मुलुकका लागि अति सान्दर्भिक छन् । उनको भनाइमा प्रजातन्त्र भुईं तहबाट उठेको हुनुपर्छ र केन्द्रीकृत संरचनाबाट प्रजातन्त्र फस्टाउन सक्दैन ।

स्वीट्जरल्याण्डको अनुभवको हवाला दिँदै विकेन्द्रीकरणका कारण नै त्यस देशको विकास सम्भव भएको र त्यहाँ प्रजातन्त्रले गहिरो जरा गाडेको तर्क उनी अघि सार्छन् ।

नेपालका लागि पनि अघि बढ्ने बाटो विकेन्द्रीकरण नै हुन सक्ने उनको ठहर छ । उनको मूलमन्त्र छ विकेन्द्रीकरणले मात्रै राज्यलाई जनताको नजिक ल्याउँछ, सामान्य नागरिकमा अपनत्वको भाव जगाउँछ अनि मात्र विकासको पथमा देश अग्रसर हुन सक्छ ।

Book Title विकेन्द्रीकरण र विकास | Bikendrikaran ra Bikas
Authorटोनी हागन
ISBN9789937597524
Edition LanguageNepali
Published Year2017
PublicationHimal Kitab
Pages259
Category गैरआख्यान