योगमाया | Y ogmaya
कर्कलो र निगुरो सिस्नाहरूका मुन्टा
दु:खीले खानु सुत्नु आनन्दीका गुन्टा
महाजनका सम्पत्तिले चित्त पोल्दै ल्याउँछ
मनमा सन्तोष नहुनाले गुण्टा बिझाउछ।
------------------------
धर्म सम्झी विचार गरि इन्साफ गरेन
पैसा भए बरेहालाई दण्ड परेन।
-----------------------
त्राही त्राही पर्यो प्रभू झुट्टा कर्मैले
सारा लोकमा छाड्यो प्रभू साँच्चा धर्मैले
----------------------
बेला बख भने सबको आयो होला बित्तै
सम्पत्ति ता याँहि बस्छ जानु पर्छ रित्तै
सबै चिज पग्लने हो सबै याँहि बिल्छ
ठुला भाग्य सत् संगतले आनन्दि पद मिल्छ।
-----------------------
चटक जस्ता सन्सारमा स्वप्न जस्ता खेल्छ
प्राणीहरूका हृदयमा तृष्णा भेल छ।
- योगवाणी