धनको धब्बा
'कसैको धम्कीले डराउँदिन। पैसा हातको मयल हो। भ्रस्टाचार, घुसखोरी, अवैध व्यापारबाट टाँसिन आउने फोहोरमैला। त्यस दाग-धब्बालाइ जति पखाल्यो उति आत्मसन्तुष्टि मिल्छ। '
'आम्मै!' कंकलाशब्द गरि इश्वरिले। प्रसुतिवेदनाको कष्टकर आवाजभन्दा उसको दर्दनाक स्वर ठूलो थियो। मुखको कुरूपता पुछ्न कोसिस गरि। त्यो विरुप केहि गरे पनि अल्पिएन। तव मुखमा लागेको धनको धब्बाको प्रतिविम्व अवसान गराउने हेतुले यांत्रवत् उसको हात सुत्केरीको टांगमुनि पुग्यो - परावर्तन छोप्न।