यार | Yaar
-
Writen byNayan Raj Pandey
- PublisherFineprint Books
- Year2017
जीवनको बहुमूल्य उपहार हो मित्रता । यो सङ्गत र सद्भावको लामो प्रक्रियाबाट बन्छ र आपसी विश्वासले यसलाई गरिमामय बनाउँछ । तर मित्रता बन्ने मात्र गर्देन, टुट्ने पनि गर्छ । यही बन्ने, टुट्ने, फेरि जोडिने र भत्किने मित्रताका अनेक सम्झनाहरुलाई स्मृतिको गहिराइबाट टिपेर ल्याएका छन् नयनराज पाण्डेले, यारमा । संवेदनशीलता, कोमलता र विनम्रताका साथ उधिनिएका यी सम्झनाहरु पढ्दै गर्दा हामीलाई आफ्नै मित्रता र सम्बन्धहरुको लेखाजोखा गर्न मन लाग्छ । तर जुन इमानदारीका साथ मित्रताका “ग्रे एरिया”हरुलाई पाण्डेले चित्रण गरेका छन्, त्यसो गर्ने आँट के हामीमा होला ?
नयनराज पाण्डे अग्रणी आख्यानकारमा पर्छन् । समकालीन नेपाली आख्यानमा उनले यथार्थबोधको नयाँ आयाम खडा गरेका छन् । उनका तीन कथासङ्ग्रह र आठ उपन्यास प्रकाशित छन् ।