यालीYali
-
Writen byNishprabh Saji - PublisherBook Hill
- Year2025
जब नदीहरूले फर्किने बाटो पाउँदैनन्, उनीहरू समाहित हुन्छन् समुद्रमा । समुद्रका छालहरूमा गुन्जिने सङ्गीत शायद नदीको विलयको लय हो । हराउनुको कुण्ठा बोकेर किनारहरूमा तिनै छालहरूले वर्षोंदेखि गरिरहेको संवादको सार हो- 'याली' । याली उसको अर्थजस्तै सपना र चाहनाले कम, आवश्यकता र परिबन्धले जन्माएको दुई भिन्न समयको कथा हो । गाउँका चौतारीले ती कथा बोकेर हिंडेकाहरूलाई बिर्सिसकेका छन् । हिँडिएका बाटाहरू मेटिइसकेका छन् । याली त्यही बिर्सिइएको कथा हो, जसलाई भूपरिवेष्ठित भूगोलबाट धेरै टाढा एउटा टापुमा पुगेर बिसाउनु परेको थियो ।



