Shopping Cart
वारेन बफेट/Warren Buffett

वारेन बफेट/Warren Buffett

बारेन बफेटले जब पहिलो पटक शेयर बजारमा लगानी गरे, थोरै नाफा जाएको देख्नेबित्तिकै बेचिदिए । बुवा होवार्ड बफेट मुसुक्क मुस्काए । होबार्डले एक दिन वारेनलाई हिउँले पुरिएको आँगनमा लगे। उनले हिँउको सानो डल्लो बनाए र त्यसलाई आँगनमा गुडाए । सानो हिँउको डल्लो गुडुल्किंदै जाँदा उसले आफूमा अन्य हिउँलाई पनि बटुल्दै र आफ्‌नो आकारलाई बढाउँदै जान थाल्यो । हेर्दाहेर्दै हिउँको डल्लोको आकार ठूलोमाथि झन् ठूलो हुँदै गयो । बुवा बफेटले छोरा बफेटलाई भने, हाम्रो हातमा भएको पैसा पनि यस्तै गुँडुल्किएर अघि बढ्ने हिउँको डल्लो जस्तो हुनुपर्छ । जति टाढासम्म त्यो हिउँको डल्लो दौडिन सक्छ, दौडिन देऊ र त्यसलाई अझ बढी हिउँ टाँसिन देऊ ।

यो शिक्षा वारेनले जीवनभर भुलेनन् । उनले आफ्‌नो पैसालाई पनि हिउँको डल्लोजस्तो घुमाको घुमायै छन् र यही कारण आज उनी संसारको सबैभन्दा धनीहरूको सूचीमा तेस्रो धनी बन्न पुगेका छन् ।

पैसा, जीवन, पारिवारिक सम्बन्ध र संसारभरिका ८८ भन्दा बढी कम्पनी सन्तुलित रूपमा सञ्चालनको एउटा अनुपम जीवनकथा