Shopping Cart
विश्व आर्थिक क्रान्ति: सुमेरदेखि सिलिकन भ्यालीसम्म/Vishwo Aarthik Kranti

विश्व आर्थिक क्रान्ति: सुमेरदेखि सिलिकन भ्यालीसम्म/Vishwo Aarthik Kranti

सङ्क्षिप्त आकारभित्र मानव जातिका सङ्घर्ष, परिकल्पना र उपलब्धिहरूको विराट अभिलेख समेटेर विश्व आर्थिक इतिहासको सारभूत र सजीव शब्दचित्र उतारिएको पुस्तक हो विश्व आर्थिक क्रान्ति सुमेरदेखि सिलिकन भ्यालीसम्म ।

ढुङ्गेयुगदेखि विद्युतीय चमत्कारसम्मका मानवजातिले हासिल गरेका उन्नति, प्रगति, उपलब्धि र वैभवका अन्तर्कथाहरूसहित उसले सामना गरेका चुनौती, विपत्ति र असफलताका गाथाहरू यस पुस्तकमा छन् ।

युद्ध र प्रतिकूलताका कठिन, कठोर र निरस विवरणमात्र नभई विजय, शान्ति र सिर्जनाका अभिलेखहरू, धार्मिक-सांस्कृतिक-जडताले अन्धकारमय बनेका प्राचीनता एवम् नवीन चेतनाका किरणहरूले प्रकाशमय आधुनिकताका सन्दर्भहरू, सुमेर सभ्यताको मिर्मिरेदेखि सिलिकन भ्यालीसम्मको सूचनाप्रविधिको क्रान्तिकारी छलाङ्सम्मका रोमाञ्चक परिघटनाहरूले पुस्तक अझै सघन बनेको छ ।

Book Title विश्व आर्थिक क्रान्ति: सुमेरदेखि सिलिकन भ्यालीसम्म/Vishwo Aarthik Kranti
Authorकृष्ण पौडेल
ISBN9789937753234
Edition LanguageNepali
Published Year2022
PublicationBook Hill
Pages282
Category आर्थिक इतिहास