Shopping Cart
उरमाल ।  Urmaal

उरमाल । Urmaal

उरमाल झर्रा आदिवासी–कथा हो । चियाको बोटसँग माया साटेर पुस्तौंदेखि धरमराइरहन विवश श्रमिकहरुको उच्छ्वासको कथा हो । खासमा यो ती कमानेहरुको सुस्केराको कथा हो, जसका सङ्घर्ष त हजार छन् । तर जिन्दगीमा चैन थोरै पनि छैन । सपना त लाखौं छन् । तर सुख अलिकति पनि छैन । उरमालभित्र थुप्रै पात्र छन् । र छन्, तिनका आआफ्ना कथा र व्यथा, जसलाई उपन्यासमा यसरी उनिएको छ, जसरी मालामा फूलका थुङ्गा उनिन्छ । यी पात्रका कथाभित्र पनि अनेक कथा छन्, जो आफैंमा पूर्ण छन् । यीमध्ये केही कथा दशकअघिका छन् । केही ब्रिटिसकालीन समयका छन् । केही लोककथाबाट सापटी लिइएका छन् । यी कथामार्फत लेखकले चिया कमान र त्यहाँ हुने शोषणको अलिखित इतिहास भनेका छन् । कथा कोलाज झैं लाग्ने यो महङ्खवाकाङ्क्षी उपन्यास हो । यसको गहिराइ, विस्तार, शिल्प र काव्यिक लयले तपाईंलाई चकित पार्नेछ ।

Book Title उरमाल । Urmaal
AuthorChuden Kabimo
ISBN9789937790390
Edition LanguageNepali
Published Year2025
PublicationFineprint Books
Category आख्यान (Fiction) उपन्यास