Shopping Cart
त्यो समयको नेपाल। Tyo samayako nepal

त्यो समयको नेपाल। Tyo samayako nepal

त्रिपिटकाचार्य डा. भिक्षु धर्मरक्षितले सन् १९४७ को मार्चदेखि अप्रिलसम्म नेपालमा रहँदा देखेको, भोगेको र अनुभूत गरेको नेपालको वर्णन पुस्तकमा गरिएको छ । तत्कालीन नेपालको राजनीतिक, सामाजिक, आर्थिक र धार्मिक अवस्थाबारे पुस्तकमा उल्लेख छ । बौद्ध भिक्षु भएपनि त्रिपिटकाचार्यले राणा, शाह, तथा मल्लकालीन नेपालको इतिहास पनि पुस्तकमा प्रस्तुत गरेका छन् ।

प्रजातन्त्र आउनु अगाडिको नेपालको समग्र अवस्था बुझ्न यो पुस्तक सहयोगी सिद्ध हुनेछ । नेपालका धार्मिक, सांस्कृतिक सम्पदाको जानकारी हासिल गर्नुका साथै धार्मिक पर्यटनका दृष्टिले पनि यो पुस्तक उपयोगी छ ।
भारतको कुशिनगरमा जन्मेका ग्यागर लामा (भारतीय भिक्षु) त्रिपिटकाचार्य आधुनिक भारतमा बौद्ध धर्मको पुनरूत्थान गर्ने महत्त्वपूर्ण व्यक्ति हुन् । १ अप्रिल १९२३ मा जन्मेका त्रिपिटकाचार्यका ७० भन्दा बढी पुस्तक प्रकाशित छन् ।

Book Title त्यो समयको नेपाल। Tyo samayako nepal
Authorत्रिपिटकाचार्य डा. भिक्षु धर्मरक्षित
ISBN9780936385462
Edition LanguageNepali
Published Year2021
PublicationIndigo inc.
Pages193
Category गैरआख्यान