Shopping Cart
Steve Jobs | स्टिभ जब्स

Steve Jobs | स्टिभ जब्स

आखिर को हुन् स्टिभ जब्स जसको मृत्युले टाइम जस्तो ख्यातिप्राप्त पत्रिकाको प्रकाशन केही समयका लागि स्थगन गर्ने हैसियत राख्छ आखिर को हुन स्टिम जब्स, जसको मृत्युको खबरमा अमेरिकी राष्ट्रपतिहरु माइक्रोसफ्टका संस्थापक बिल गेट्स्देखि प्रविधि उत्पादकदेखि प्रविधिप्रेमीहरुसम्म शोकाकुल हुन पुगे ? आखिर को हुन् स्टिभ जब्स, जसको मृत्युपछि अब कला र प्रविधिको लगभग मृत्यु हुनसक्ने आशङ्का विश्लेषकहरुले गर्न थालिसके ।

सिर्जनशीलता, कला र प्रविधि एक साथ गहिरोसँग गाँसेर संसारकै सबैभन्दा लोकप्रिय ग्याजेट (सामान) बनाउन सक्ने खुबी भएका उद्यमी निकै कम छन (कसैले त छैनन् नै भनेका छन्) । यस्तोमा स्टिभ जब्स गतिलो उदाहरण थिए । एउटा मध्यमवर्गीय परिवारमा जन्मेर, बुवाआमाको ग्यारेजमा एप्पल कम्पनी स्थापना गर्दै संसारमै निजी कम्प्युटरको विकासमा योगदान दिएका स्टिम पछि आफैले स्थापना गरेको कम्पनीबाट निकालिनु पन्यो कम्पनी लगभग टाट पल्टिनुअघि पुन त्यही कम्पनीलाई उद्धार गर्न आइपुगे । स्टिभले कम्पनीलाई मात्र जोगाएनन्, १० वर्षको दौरानमा उनले चार वटा उद्यमलाई एक साथ प्रभावित पारे, क्रान्ति नै सिर्जना गरिदिए। उनले म्याकिन्टोस कम्प्युटरलाई सार्वजनिक गरेयता निजी कम्प्युटरको क्षेत्रमा क्रान्तिकारी परिवर्तन भयो आइपडको विकास गरेर सङ्गीत उद्योगलाई बचाए, आइफोनको विकास गरेसँगै उनले टेलिकम्युनिकेशनमा नयाँ मानक स्थापना गरे र पिक्सार कम्पनीमा हात हालेलगत्तै हलिउडको एनिमेसन फिल्म उद्योगमा युगान्तकारी परिवर्तन ल्याइदिए ।

सन् २०१० मा उद्यम र व्यवसायका बारेमा बहुचर्चित फर्क्युन पत्रिकाले स्टिभलाई 'दशककै महान् कम्पनी सञ्चालकको उपाधि दिएको थियो । स्टिमको सिर्जनशीलताले एप्पल कम्पनीलाई अमेरिकाभन्दा धनी कम्पनी बनाइदियो । सारा संसारका मानिसहरूको जीवनशैलीमा ठूलो परिवर्तन ल्याइदियो ।
- अच्युत कोइराला

Book Title Steve Jobs | स्टिभ जब्स
AuthorWalter Isaacson
ISBN9789937245302
Edition LanguageNepali
PublicationPachpokhari Prakashan Griha
Pages364
Category आत्मकथा