श्रीमद्भगवादगीता जीवनमा सहजता / Shremadbhagawatgeeta Jivanama sahajata
-
Writen byप्रा. अमुदा श्रेष्ठ
- PublisherEducational Book House
- Year2022
श्रीमद्भगवद्गीता कुनै एउटा धर्मको शास्त्र मात्र होइन । यो जीवन बाँच्ने शस्त्र हो । यो मृत्युलाई चिन्ने अस्त्र पनि हो । श्रीकृष्ण-अर्जुन संवादको प्रत्येक शब्दमा गहिरो भावको जीवन्तता छ ।
श्रीमद्भगवद्गीताको साथमा पीडाबोधदेखि पुनःस्मृतिसम्म यात्रा गर्दा मानिसले जन्मको सार्थकता बुझ्दछ । भोक, भय एवं भोगको अर्थ स्पष्ट हुन थाल्दछ । इच्छाको कारोवार र दायित्वको भारबारे चिन्तन प्रारम्भ हुन्छ । स्वचिन्तन थालनी पश्चात मानिसले अज्ञानको ढाकछोप गर्ने दौडधुपमा आफूलाई थकाउन छाड्छ । शान्त एवं स्थिर अवस्थामा परमार्थको ढोका खुल्दछ ।
जीवन-मरणको विषम स्थितिलाई श्रीमद्भगवद्गीताले सहजतामा परिणत गर्न सघाउँछ । श्रीकृष्णले अर्जुनलाई जीवनका समस्याहरूको सांकेतिक ढङ्गबाट वर्णन गर्दै सही मार्गमा अगाडि बढ्न प्रस्तुत गरेको दर्शनको सरल चित्रण यस पुस्तकमा समावेश भएको भेटिन्छ ।