शरीरमा आत्माको यात्रा / Sharirama Aatmako Yatra
-
Writen byRoshan Dahal
- Year2024
मेरो जीवन यो रूपमा किन छ, यतिका मान्छेमा यिनै केही निश्चित मान्छे मेरा नातेदार किन भए, जीवन कर्मफल मात्रै हो या अरू पनि केही, जीवनमा किन समस्या आउँछन् र केही समस्याको जति गर्दा पनि समाधान हुन सक्दैन, बच्चादेखि नै किन हरेक मानिसको फरकफरक स्वभाव हुन्छ, मान्छेले गर्नुपर्ने चाहिँ के हो जीवनसँग सम्बन्धित यी र यस्ता अनगिनत प्रश्नहरूको उत्तर खोज्ने प्रयास गरेको छ यो पुस्तकले ।
आफ्ना विभिन्न पूर्वजन्महरूमा पुगेर मृत्यु, मृत्युपछि र जीवनअघिको अवस्था तथा लोकलोकान्तरहरूको रोमाञ्चक यात्रा गरेका मानिसहरूको अनुभव सुन्दा निकै आश्चर्यजनक लाग्छ र संसार रहस्यमयी पनि ।
पूर्वजन्मको अनुभव गरेका हजारौं मानिसको सत्य घटना र अनुभवमा आधारित यस पुस्तकले नयाँ शोध गर्न सकिने एउटा बाटो देखाइदिएको छ । आजका हरेक मानिसले, विशेष गरी युवावर्गले यस विषयमा किन जान्नुपर्छ र आफ्नो जीवनको रथलाई सही दिशामा कसरी रूपान्तरण गर्ने भनेर खुलस्त पारिदिएको छ ।