
सत्ता सङ्घर्ष /Satta sangarsha
-
Writen byDr. Bimal Subedi
- PublisherKathalaya Inc.
२०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि शासन व्यवस्था जनप्रतिनिधिका हातमा आएपछि जनतामा अब केही हुन्छ भन्ने आशा पलायो। तर दलीय दाउपेच र अन्तर्द्वन्द्वले मुलुक दिशाहीन मात्र बनेन अस्थितरताको दलदलमा फस्यो । २०४८ सालको निर्वाचनदेखि २०७८ सालसम्मको ३० वर्षको अवधिमा २८ सरकार बने । यही विषयवस्तुलाई केन्द्रमा राखेर प्रस्तुत गरिएको पुस्तक हो, सत्ता सङ्घर्ष ।
व्यवस्था सजिलै फेरिने तर शासक नफेरिने अचम्मको चक्रव्यूहमा देश कसरी फस्न पुग्यो भन्ने देखाइएको यस पुस्तकमा प्रजातन्त्र पुनःस्थापनादेखि हालसम्म बनेका सरकारहरूको नालीबेली प्रस्तुत गरिएको छ ।