
सन्तशिरोमणी ज्ञानेश्वर। Santashiromani Gyaneshwar
-
Writen byGovinda Prasad Pant
- PublisherVidhyarthi Pustak Bhandar
- Year2016
सन्तशिरोमणि ज्ञानेश्वर पुस्तक नेपालीभाषी समुदायसमक्ष प्रस्तुत गर्ने जमर्को गरेको छु। अद्भुत चरित्र भएका ज्ञानेश्वर महाराजलाई प्रस्तुत गर्ने जमकों गर्दा आफ्नो योग्यता, सीप र सामर्थ्यको ठुलो कमी महसुस गर्दागर्दै एउटा दुस्साहस हुन पुगेको छ। देश, समाज, जाति र भाषाको उन्नतिका साथै आध्यात्मिक क्षेत्रका कतिपय अप्ठ्यारा बाटालाई सुगम बनाइदिने सन्तहरूको चरित्र हुन्छ। बोलेर भन्दा पनि आफ्नो चरित्रद्वारा मार्गप्रदर्शन गर्ने खुबी हुन्छ।