Shopping Cart
सम्झनाका कुइनेटाहरू । Samjhanaka Kuinetaharu

सम्झनाका कुइनेटाहरू । Samjhanaka Kuinetaharu

खगेन्द्र संग्रौला नेपालका सबैभन्दा लोकप्रिय स्तम्भकारहरु मध्ये एक हुन् । समकालीन नेपालको राजनीतिबारे पत्रपत्रिकामा छापिएका उनका कटु विश्लेषणमार्फत उनले धेरै प्रशंसक र आलोचकसमेत कमाएका छन् । उनी सबल उपन्यासकार र निबन्धकार पनि हुन् । ‘जूनकीरीको संगीत’ र ‘फूलमाया’ उनका उपन्यास हुन् भने ‘घोडा, इश्वर र मेरा बा’, ‘सम्झनाका कुइनेटाहरु’, ‘आफ्नै आँखाको लयमा’ उनका निबन्ध संग्रह हुन् । ‘आफ्नै आँखाको लयमा’का लागि उनले २०६८ सालको पद्मश्री पुरस्कार पाएका छन् ।
खगेन्द्र संग्रौला आक्रामक गद्यका अनुपम स्रष्टा हुन् । लेख, निबन्ध, राजनीतिक टिप्पणी र प्रगतिवादमा उनको यस्तो गद्य उजागर हुने गर्छ । प्रस्तुतिमा रहेको त्यही आक्रामक सौन्दर्यले उनको विशिष्ट परिचय निर्माण गरेको छ । तर उनले कथा, उपन्यास र संस्मरण लेखनमा चाहिँ आक्रामक गद्यलाई पूर्वेली जनबोलीको लचकदार बान्की दिने गरेका छन् । यहाँ सङ्कलित व्यक्तिचित्र लेखनमा हामी त्यही स्वाद भेट्छौं । एकातिर आक्रामकता र अर्कोतिर जनबोलीबाट टिपिएका शब्दहरुले स्थान पाउने आख्यानको भाषामार्फत खगेन्द्र संग्रौलाको रचनाधर्मिता स्वाधीन व्यक्तित्वको निर्माणमा अग्रसर छ ।

Book Title सम्झनाका कुइनेटाहरू । Samjhanaka Kuinetaharu
Authorखगेन्द्र संग्रौला
ISBN9789994629503
Edition LanguageNepali
Published Year2007
PublicationFineprint Books
Pages194
Category संस्मरण